
गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो ।
बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न पाएकोमा आफू अत्यन्त खुसी भएको बरालको प्रतिक्रिया छ ।
रचनाकार बरालले पनि ईश्वरी सांगितिक क्षेत्रका लागि नयाँ भएपनि लभ पर्न सक्छ गीतमा मिठो स्वर दिएको बताएका छन् ।
गीतको रेकर्डीङबाट रचनाकार डा.बराल पूर्ण सन्तुष्ट छन् । संगीतकार गैरे सुरेशले ईश्वरीले गीत गाउने रहर देखाएकाले नै लभ पर्न सक्छ गीतको जन्म भएको बताए ।
सांगितिक क्षेत्रमा नयाँ प्रेम गीत थपिएको र गीत नयाँ पुस्तामाझ लोकप्रिय हुने गैरेको विश्वास छ ।
गीतमा प्रेम गर्दा विचार पुर्याएर मात्रै गर्नुपर्ने सन्देश दिन खोजिएको छ । गायिका बराल नेपाल एफ.एम नेटवर्क ९१.८ मा आबद्ध छिन् । उनी इमेज एफएमकी पूर्व कर्मचारी समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्