९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


वर्ल्डलिंकले देशभर सेवा विस्तार गर्दै


0
Shares

काठमाडौं, फागुन २६ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स प्रालिले आफ्नो सेवालाई विस्तार गर्दै सन् २०२२ सम्ममा सबै स्थानीय तहमा ईन्टरनेट सेवा पुर्‍याउने जनाएको छ ।

वर्ल्डलिंकले आईतबार पत्रकार सम्मेलन गरि आफ्नो भावी कार्ययोजनाबारे जानकारी दिएको हो । प्याकेज ‘ए’ अन्तर्गत डोल्पा, मुगुु, हुम्ला र जुम्लामा  पनि ईन्टरनेटको पँहुच विस्तारको लागि ५२ प्रतिशत काम सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

यस्तै, प्याकेज ‘बी’ अन्तर्गत रोल्पा, रुकुम, जाजरकोट र कालीकोटमा ईन्टरनेट पुर्‍याउने कार्य सम्पन्न भईसकेको जनाइएको छ ।

वर्ल्डलिंकले अबको ४ महिनाभित्र १० वटा ग्रामीण क्षेत्रमा ईन्टरनेटको पहुँच विस्तार गर्दै १० हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट उपलब्ध गराउने पनि जनाएको छ । कम्पनीले उपत्यकाको विभिन्न स्थानहरुमा तार व्यवस्थापनको कार्य गरिरहेको पनि जनाएको छ ।