
हदबन्दीभन्दा बढी भएको लक्ष्मीनिया दोस्तिया गाविसस्थित जयन्तकृष्ण मैत्र र रमौली बैरिया गाविसस्थित लल्मीनारायण राउत कुर्मीको गरी १७ बिगाहा १ कट्ठा साढे १७ धुर जमिन भुमिसुधार कार्यालयले सरकारको नाममा लालपुर्जा बनाउन पत्र पठाएपछि मालपोत कार्यालय रौतहटले भूमाफियाको नाममा दर्ता भएको जग्गा खारेज गरिदिएको हो ।
रौतहटको लक्ष्मीनिया दोस्तिया गाविस-२ मा रहेको जयन्तकृष्ण मैत्रको नामको चार बिगाहा जमिन फतुवा हर्षाहाका नवलकिसोर यादवको कीर्ते नागरिकता प्रमाणपत्र र लालपुर्जाको आधारमा जिल्ला अदालत काठमाडौंबाट वारिस बनाएर आफ्ना दाजु सुरेन्द्र यादवको नाममा पास गराएको रहस्य खुलेको थियो ।
२०३६ सालमा लालबकैया नदीको बाढीबाट विस्थापित भएका फतुवा हर्षाहाका स्थानीयलाई लक्ष्मीनिया दोस्तिया गाविस-२ को विजयपुरमा हदबन्दीभन्दा बढी रहेको जयन्तकृष्ण मैत्रको नामको जमिनमा स्थानान्तरण गरेर बस्ती बसाएको जमिन नै भूमाफियाले आफ्नो नाममा बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्