७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भूकम्प जानुअघि थाहा पाउन सकिने ! चीन ऐतिहासिक उपलब्धितर्फ, नेपाललाई पनि फाइदा


0
Shares

चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका संकेतहरु प्रवाह गर्दछ ।

भूउपग्रहबाट आउने सूचनाबाट सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सकिने चीनको विश्वास छ ।

उक्त भूउपग्रहले इलेक्ट्रोम्याग्नेटिक डाटा संकलन गर्ने जनाइएको छ । चिनियाँ अधिकारीहरुका अनुसार यसै वर्षको मे महिनासम्म यो उपग्रह प्रक्षेपण गरिने छ ।

यसले चीन र आसपासका क्षेत्रमा भूकम्प जाने समयको अनुगमन गर्न मद्दत पुग्ने जनाइएको छ । छिमेकी मुलुक भएका कारण चीनको यो प्रविधिबाट नेपालले पनि फाइदा लिन सक्ने देखिएको हो ।

भूगर्भसम्बन्धमा जानकारी लिने प्रयोजनका लागि पहिलोपटक चीनले अन्तरिक्षमा भूउपग्रह पठाउने भएको हो ।

यो अभियानका उपप्रमुख शेन शुईका अनुसार यो भूउपग्रहले आगामी पाँच वर्षसम्म आफ्नो कक्षमा रहेर भूकम्पसम्बन्धी इलेक्ट्रो म्याग्नेटिक अवस्थाको रेकर्ड गर्नेछ । यसले ६ म्याग्निच्यूड वा सो भन्दा बढी तीव्रताका भूकम्पबारे पूर्वजानकारी दिनेछ ।

यसको प्रक्षेपणलगत्तै वैज्ञानिकहरुले भूकम्पको पूर्वानुमान प्रवाह गर्ने प्रविधिको विकासमा जुट्ने जनाइएको छ । (एजेन्सी)