९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘यमबुद्ध’को शव नेपाल ल्याइ अन्त्येष्टि


0
Shares

यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।

श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो ।

उनको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार शनिबारै साँझ अन्त्येष्टि गरिएको हो । रासस