९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अनिता लिम्बु: लन्डनको स्टेज सो बाटै विश्व चर्चित(हेर्नुहोस तस्विर)


26
Shares

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा अनिताको उपस्थिति रहन्छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुंङ जन्मिएर इटहरी हुँदै हाल लन्डन बस्दै आएकी उनले विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै आइरहेकी छिन् ।

लन्डनमा आयोजना हुने अधिकांश फेसन सो, मिस च्यारिटीलगायतमा अनिताले सहभागिता जनाएकै हुन्छिन् । ५ फुट ७ इन्च उचार ५४ किलो वजन भएकी उनले थुप्रै उपाधीहरु पनि जितिसकेकी छिन् ।

मिलनसार र हंसिलो स्वभावकी अनिता डान्समा पनि अब्बल छिन् । च्यारिटी सोहरुमा डान्स गरेर उनले धेरै सहयोगहरु समेत जुटाइरहेकी छिन् ।

नेपाली मोडलहरुमा उचाइ कम हुने, आफ्नो प्रतिभा र क्षमता भन्दा पनि ‘छाडापन’लाई प्राथमिकता दिएर चाँडो चर्चा कमाउने चलन चलेकाले नेपाली मोडलिङ क्षेत्रले धेरै प्रगती गर्न नसकेको उनको बुझाइ छ ।

एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी अनिताले ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाइसकेकी छिन् ।

लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् । मिस च्यारिटीमा टपटेन, बर्मिङहममा फेसन मोडलिङ सो मार्फत पनि अनिता चर्चित छिन् ।

anitafinal2

नेपाल आएको ताका उनले अंग्रेजी नयां वर्ष इभ काठमाडौं विशाल बजारमा आयोजित फेशन शो मार्फत ‘शो स्टपर’का रुपमा सहभागिता जनाएर असहाय बालबालिकाको सहयोग समेत जुटाइन् ।

लन्डन बसेर निरन्तर अन्तराष्ट्रिय सो हरुमा भाग लिएर अनिताले नेपालीहरुको शिर उच्चो राख्ने काम गरिरहेकी छिन् ।

बेलायतका नेपालीहरुले स्थापना गरेको ‘ब्रिटिस गोर्खा नेप्लीज काउन्सिल’को सदस्य समेत रहेकी उनी विदेशमै च्यारिटी मार्फत नेपालका लागि सहयोग जुटाउने समेत गर्छिन् ।

Anitafinal8

Anitafinal3

Anitashow2