९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गायक प्रकाश ओझा पक्राउ, १० वर्ष कैदका लागि जेल चलान


0
Shares

झन्डै १५ वर्षअघिका दुईओटा मुद्दामा सर्वोच्च अदालतले गत माघ ४ गते पुनरावेदन अदालतको फैसला उल्टाउँदै १० वर्ष जेल सजाय हुने फैसला सुनाएपछि प्रहरीले उनलाई शुक्रबार पक्रिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ओझालाई शुक्रबार काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो ।

सर्वोच्चको फैसला कार्यान्वयनका लागि सीआइबीले ओझालाई शुक्रबारै केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

सुनसरीको इटहरीका स्थायी बासिन्दा ओझालाई मानव बेचविखन तथा ओसारपसारसम्बन्धी दुईओटा मुद्दामा पाँच/पाँच वर्ष कैद सजाय हुने फैसला सर्वोच्चले सुनाएको छ ।

‘बाउले बिहे गर्देनन् पोहर पनि..’, ‘ए बाउ किन्देऊ न भटभटे’जस्ता लोकपप शैलीका गीत गाएर ओझा चर्चाको शिखरमा पुगेका थिए ।