१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


१० वर्षीय देवरको हत्या गर्ने महिलालाई जन्मकैद


0
Shares

जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् ।

बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित नालाको कल्भर्टमा उनले शव फालेकी थिइन् ।

मृतकका बुबा उमेशकुमार साहले निज आरोपितविरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रासस