९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


असार ३० बाट देशभर ‘शायद-२’ प्रदर्शनमा आउने


0
Shares

‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद–२’लाई निर्माण गरेको हो । जसका निर्माता सुनिल रावल हुन् ।

निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् । पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र शायद-२ सुरुमा चैत्र ४ गते प्रदर्शनको मिति तोके पनि एसएलसी परिक्षाको कारणले जेष्ठ १२ गते नयाँ मिति तोकिएको थियो ।

जेष्ठ १२ मा पनि शायद २ चलचित्रका लक्षित दर्शकको फेरि परिक्षा पर्ने भएकाले चलचित्रको प्रदर्शनको मिति तेस्रो पटक सार्दै असार ३० लाई तोकिएको निर्माता सुनिल रावलले बताए ।

चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् ।

राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।

चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।