
‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता दर्जनौं कालजयी गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ठूलो गुन लगाएका पन्नाकाजी नेपाली सांगीतिक क्षेत्रको गर्व गर्न लायक स्रष्टा मानिन्छन् ।
लामो समयदेखि विरामी परेका उनी उच्च रक्तचापका कारण उनले प्राण त्यागे । वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए ।
उनले राणकालमै नाटक समेत खेलेका थिए । उनी नाटककार बालकृष्ण समकासमेत प्रिय मानिन्थे ।
साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले शाक्यलाई गायकको रुपमा जागिर दिएका थिए ।
२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति लिएर उनले ०४० सालसम्म काम गरेका थिए ।
रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नारायणगोपाल संगीतमा प्रथम हुँदा पन्नाकाजी गायनतर्फ प्रथम हुन भएका थिए ।
‘किन-किन तिम्रो तस्वीर’ र ‘लोलाएका ती तिम्रा आँखा’को पुरानो मेलोडी, ‘नौलाखे तारा’, ‘एकानी दुवानी’, ‘रात यो नबित्ला’, ‘लालीगुराँस फुल्यो है’ लगायतका गीत सिर्जना गरेका उनी आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन् ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् ।
विभिन्न पुरस्कारबाट सम्मानित पन्नाकाजी इमेज लाइफ टाइम अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्