१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


म्याग्दीमा आधुनिक उपकरणसहित जिल्ला अस्पतालको स्तरोन्नति


0
Shares

२५ शैयासहितको अस्पतालमा उपचार सेवा पाउन थालेपछि सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालमा उपचारका लागि आउनेको संख्या समेत वृद्धि भएको छ ।

सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता झेल्दै आएका म्याग्देलीहरू लागि अब आफ्नै जिल्लामा आधुनिक उपकरण र अनुभवी चिकित्सक उपलब्ध भएपछि खुशी भएका छन् ।

गत आर्थिक वर्षको साउनदेखि पुषसम्म इमरजेन्सी सेवामा २८ सय ८४ विरामीले सेवा लिएकोमा यसवर्ष सो संख्या बढेर ३२ सय १२ जना पुगेको जिल्ला अस्पताल म्याग्दीले जनाएको छ । त्यसैगरी बहिरंग सेवामा १२ हजार १ सय ३१ ले सेवा लिएका छन् ।