
तीनदिने सो शिविरमा विभिन्न कारणले बिगतमा आँखाकोे ज्योति गुमाएकाहरुको उपचार गर्नुका साथै निःशुल्क रुपमा चश्मासमेत वितरण गरिएको थियो ।
शिविरमा डा. कमल खड्कासहितका चिकित्सक र स्वास्थ्य कार्यकर्ताहरुले स्थानीय ज्येष्ठ नागरिकहरुको आँखाको परीक्षण र उपचार गरेका थिए । डा. खड्काले देशभरिका ७५ हजार भन्दा बढीको मोतिबिन्दुको सफल उपचार गरिसकेका छन् ।
आँखाको सफल उपचारपछि नयाँ दृष्टि पाएका स्थानीयहरुले लायन्सको सहयोगको प्रशंसा गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ युनाईटेड सेन्ट्रल र युनाईटेड वर्ल्डसहितका पदाधिकारीहरुले स्थानीय गरीब र असहायहरुलाई खाद्यान्नसमेत वितरण गरेका थिए ।
शिविरमा दाँतको समेत जाँच गरिनुका साथै औषधी पनि वितरण गरिएको थियो ।
कार्यक्रमका लागि मेट्रो अप्टिकल्स, नयाँ बोनश्वरले चश्मा र सूर्य ट्रेड कन्सर्नका निर्देशक अशेष खनालले खानेपानी शुद्धिकरण गर्ने चक्की अर्थात अक्वाट्याब्स निःशुल्क वितरण गरेका थिए ।
कार्यक्रममा वीपी आई फाउण्डेशन, चियर्स हस्पिटल, देव बिकास बैंक, आत्म निर्भर केन्द्र, दिलबहादुर बेतिमायाँ गुभाजु मेमोरियल फाउण्डेशन, हेल्प एज ईन्टरनेशनल, ललितपुर डेन्टल क्लिनिक, लायन प्रकाश पिया र सरोजनी पिया लगायतले सहयोग गरेका थिए ।
लायन्स क्लव अफ युनाईटेड बर्ल्डका अध्यक्ष उज्वलराज गौतमले मेलम्ची आँखा शिविर सफल भएको जनाउँदै दुर्गम स्थानहरुमा विशेषज्ञहरुलाई लगेर आगामी दिनमा समाज सेवा र विकासका अरु प्रभावकारी काम गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्