९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतीय राजदूत रायले गरे ‘नमस्ते नेपाल’को शुभारम्भ


0
Shares

भारतीय राजदूत रणजित रायले शनिबार राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा नमस्ते नेपालको शुभारम्भ गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नयाँ दिल्लीको इन्डियन काउन्सिल फर कल्चरल रिलेसन र सिलोङको नर्थ इस्ट नेपालले महोत्सव आयोजना गरेका हुन् ।

नमस्ते नेपालअन्तर्गत् चित्रकला प्रदर्शनी र सांगीतिक प्रस्तुति रहने छ ।

कार्यक्रमको शुभारम्भ गर्दै भारतीय राजदूत रायले महोत्सवले नेपाल र भारतबीच जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै दुई देशको सांस्कृतिक आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीले चित्रकला प्रदर्शनीको अवलोकन गरेका थिए ।