
रसुवाबाट आएको टाटासुमोको इन्जिनमा लुकाइ ल्याएको १५ किलो सुन प्रहरीले बरामद गरेको हो ।
पछिल्ला दिनमा नेपाल सुन तस्करहरुको ‘ट्रान्जिट’ बन्दै गएको टिप्पणी भइरहेकाबेला फेरि यति ठूलो परिमाणमा सुन फेलापरेको हो ।
योसँगै सुन तस्करीमा तस्करहरुले प्रयोग गर्ने गरेको नयाँ तरिका पनि पर्दाफास भएको छ ।
चिनियाँ नाका रसुवाबाट टाटासुमोको इन्जिनमा फिट गरेर १५ किलो सुन काठमाडौं ल्याउँदै गर्दा गाडीचालक पक्राउ परेका हुन् ।
रसुवा हुँदै काठमाडौं आइरहेको टाटासुमोमा सुन रहेको सूचना पाएपछि कलंकीबाट पिछा गरी प्रहरीले उक्त गाडीसहित चालकलाई शुक्रबार राति समातेको हो ।
गाडीमा फल्स बटन बनाएर १५ किलो ल्याएको फेलापरेको बालाजु प्रहरीले जनाएको हो ।
गाडीचालक पक्राउ परे पनि गाडीको मालिक र सुन कारोबारी पत्ता लगाउन प्रहरी जुटेको छ ।
४ करोड बढी विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ
प्रहरीले काठमाडौंको नागढुंगाबाट अवैधरुपमा विदेशी मुद्रा बोकेका तीन चिनियाँ नागरिकलाई शनिबार पक्राउ गरेको छ ।
स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा बोकेर रसुवा जान लागेका तीन चिनियाँ नागरिकलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको हो ।
पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर, १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत बरामद गरिएको हो ।
दुई महिला र एक पुरुषसहित तीनजना चिनियाँ नागरिक बा१य १२३२ नम्बरको पर्यटक चढ्ने स्कार्पियो गाडीमा काठमाडौंबाट रसुवातर्फ गइरहेकाबेला प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सुन तस्करी र अवैधरुपमा विदेशी मुद्रा कारोबारीकाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्