१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रहरीले फेरि बरामद गर्‍यो १५ किलो सुन, तस्करीको नयाँ तरिका पर्दाफास


0
Shares

रसुवाबाट आएको टाटा सुमोको इञ्जिनमा लुकाइ ल्याएको १५ किलो सुन प्रहरीले बरामद गरेको हो । पछिल्ला दिनमा नेपाल सुन तस्करहरुको ट्रान्जिट बन्दै गएको टिप्पणी भइरहेका बेला फेरि यति ठूलो परिमाणमा सुन फेला परेको हो ।

योसँगै सुन तस्करीमा तस्करहरुले प्रयोग गर्ने गरेको नयाँ तरिका पनि पर्दाफास भएको छ ।

विमानस्थलमा टेपले बेरेर ३५ किलो सुन नेपाल भित्र्याएका तस्कारले अहिले भने टाटा सुमोको इञ्जिनमा सुन १५ किलो सुन फिटिङ गरेपछि तस्करीको नयाँ तरिका पर्दाफास भएको हो ।

चिनियाँ नाका रसुवाबाट टाटा सुमोको इञ्जिनमा फिट गरेर १५ किलो सुन काठमाडौं ल्याउँदै गर्दा गाडी चालक पक्राउ परेका हुन् ।

रसुवा हुँदै काठमाडौं आइरहेको टाटा सुमोमा सुन रहेको सूचना पाएपछि कलंकीबाट पिछा गरी प्रहरीले उक्त गाडीसहित चालकलाई शुक्रबार राति समातेको हो ।

गाडीमा फल्स बटन बनाएर १५ किलो ल्याएको फेला परेको बालाजु प्रहरीले जनाएको हो । गाडी चालक पक्राउ परे पनि गाडीको मालिक र सुन कारोबारी पत्ता लगाउन प्रहरी जुटेको छ ।