१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


मध्यरातमा धारिलो हतियार प्रयोग गरी हत्या


0
Shares

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार शुक्रबार राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएको हो ।

राति आफ्नै घरमा बसिरहेका उनलाई सात आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारसहित आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएर भागेका थिए ।

गम्भीर घाइते मिश्रलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकामा राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । हत्याराको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस