
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई नियन्त्रणमा लिएको हो ।
सुन तस्करीको घटनाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएकाले ढकाल र यादवलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख नवराज सिलवालले जानकारी दिए ।
इमेज समाचारसँग कुरा गर्दै सिआइबी प्रमुख सिलवालले घटनाको अत्यन्तै गम्भीर ढंगले छानबिन गरिरहेको भन्दै घटनामा संलग्न जो सुकै भए पनि यसलाई कारबाहीको दायरामा ल्याउने बताए ।
सिलवालले सुन तस्करीसम्बन्धी यो घटनाको अनुसन्धानका लागि राजनीतिक दल र सरकारले समेत आफूलाई सहयोग गरिरहेको भन्दै छिट्टै यसको वास्तविकता बाहिर ल्याउने विश्वास व्यक्त गरे ।
यही पुस २१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्र्याउन लागिएको झन्डै ३३ किलो सुनसहित बाँकेका गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
सुन लिन विमानस्थलमा पुगेका दीलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
घटनापछि विमानस्थल भन्सारका २९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गराएर अनुसन्धान हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्