१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


रौतहटमा घाँटी रेटी एक जनाको हत्या, धनकुटामा फरार १७ जना दोषी पक्राउ


0
Shares

करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

हत्या कसले गरेको थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतद्वारा दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियाननै थालेको छ ।

२०६७ साल यता अदालतबाट दोषी ठहरिएपछि विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका १७ जना फरार दोषीलाई प्रहरीले पक्रेको हो ।

२० दिनका बीचमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी सार्वजनिक अपराधमा दोषी ठहर भएका पाँच जना छन् भने कुटपिट, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दाका दुई÷दुई र ठगी मुद्दाका एक जना छन् ।