
भन्सार विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा बनाइएको समितिमा विभागकै कर्मचारीहरु कुलराज ज्ञवाली, टंक पाण्डे, पूण्यविक्रम खड्कासहित पाँचजना रहेका छन् ।
सुन भित्रिएको समयमा विमानस्थलमा ड्युटीमा रहेका २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर आन्तरिक छानबिन थालिएको जनाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विहीबार त्रिभुवन विमानस्थलको भन्सारबाट ‘पास’ भएको करिब ३३ किलो सुनसहित गोपाल शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।
यो पनि पढ्नु/हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्