१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्नोस् : स्वास्थ्यमन्त्री गगन थापा


0
Shares

कान्तिबाल अस्पतालको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अस्पतालमा के अभाव छ भन्ने कुरा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।

अस्पतालमा कुनैपनि उपकरणको अभाव भए त्यसलाई यसवर्षको अन्त्यसम्ममा हटाइसक्ने उनको आश्वासन थियो ।

कार्यालयमा उपस्थिति नहुने र तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गर्न पनि पछि नपर्ने मन्त्री थापाको चेतावनी थियो ।

यसैबीच, कान्तिबाल अस्पतालमा जापान र नेपाल सरकारको सहयोगमा निर्मामा गरिएको ५२ शैय्याको आइसीयुकक्ष शुक्रबारैदेखि सन्चालनमा आएको छ ।