
मोबाइल फोनमा ‘रातो नम्बरबाट फोनमा आउने र त्यस्तो फोन उठाएमा ज्यान जाने’ अफवाह फैलाएको आरोपमा पक्राउ पर्नेमा गायक दीपक बराइली र गायिका प्रशन्ना पाण्डे रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बुधबार साँझ पत्रकार सम्मेलन गरी दुबैजनालाई सार्वजनिक गरेको हो ।
मोरङ घर भएका बराइली र झापा घर भएकी पाण्डे पप गायक–गायिका भएको पनि प्रहरीले जनाएको छ ।
गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्टाटस लेखेको र सोही आधारमा अनुसन्धान अघि बढाउँदा रहस्य खुलेको प्रहरीले जनाएको छ ।
गायक बराइलीले फोन गर्दा रातो नम्बर जाने बनाएको पाइएको पनि प्रहरीले जनाएको छ ।
सीआइबीले यस्तो भ्रममा नपर्न सबैमा अनुरोधसमेत गरेको छ । अभियुक्त दुबैले गल्ती स्वीकारेको पनि प्रहरीले जनाएको छ ।
केही दिनयता रातो नम्बरबाट फोन आउने गरेको र त्यस्तो फोन उठाउँदा दुर्घटना हुने तथा मृत्युसमेत भएको अफवाह सामाजिक सन्जालमा फैलिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्