
सरकारले हालै लागू गरेको कुल शैय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नियमअनुसार निजी अस्पतालहरुले यस्तो सुविधा दिने व्यवस्था भएपनि बिरामी अस्पताल नजाँदा छुट्याइएका शैय्याहरु सबै खाली रहेका बताइएको छ ।
निजी अस्पतालहरुले बिपन्न, बेवारिसे, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निःशुल्क उपचार गराउने भनी छुट्याएका शैय्याहरु सबै खाली रहेका छन् ।
अस्पतालले कुल शैय्याको १० प्रतिशत उपचार गराउन नसकेका बिरामीहरुलाई छुट दिने निर्णय गरे पनि त्यस्तो लाभ लिने समूहका बिरामीहरु भने अस्पताल नगएका कारण उनका लागि छुट्याइएका बेडहरु खाली रहेका हुन् ।
सरकारले सुशासन ऐन, २०६४ को दफा ४५ बमोजिम स्वास्थ्य संस्था स्थापना, सन्चालन तथा स्तर उन्नति मापदन्डसम्बन्धी निर्देशका २०७० बमोजिम सबै स्वास्थ्य संस्थाले कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्था गरेको हो ।
निजी अस्पताल सन्चालकहरु भने प्रक्रिया झन्झटिलो भएका कारण पनि बिरामीहरु अस्पताल नआएको हुनसक्ने बताउन थालेका छन् ।
बिरामीहरु अस्पताल नआउँदा छुट्याइएका शैय्याहरु सबै खाली राख्नुपरेको उनीहरुले बताएका छन् ।
यही पुस १ गतेबाट सम्पूर्ण सरकारी तथा निजी अस्पतालले अनिवार्यरुपमा कुल शैय्याको १० प्रतिशत गरिब असहायका लागि छुटयाइ निःशुल्क उपचार गराउने भनी स्वास्थ्य मन्त्रालयले परिपत्र पठाइसकेको छ ।
सबै सरकारी, निजी तथा सामुदायिक अस्पतालले यस्ता बिरामीलाई उपचार गराउने भनी कुल शैयाको १० प्रतिशत शैय्या छुट्याइ पनि सकेका छन् ।
तर, बिरामीहरुले यस्तो जानकारी नपाएर वा प्रक्रिया पुर्याउन नसकेर पनि अस्पताल नै गएका छैनन् ।
हाल राजधानीका दुई नर्भिक र निदान अस्पतालमामात्र एक–एकजना बिरामीलाई वीर अस्पतालले रिफर गरी पठाएको थियो ।
तर, बाँकी कुनैपनि निजी अस्पतालहरुमा बिरामीहरु उपचार नै गराउन नआएको निजी अस्पताल सन्चालक सगंठन (अफिन)का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्