१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु


0
Shares

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सदस्यता दर्ता गर्न थालेको हो ।

एक नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा स्वास्थ्य बिमाका लागि जिल्ला अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा कार्यक्रम लागू गरिएको छ ।

स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी तालिम दिएकाले अब घरघरमा दर्ता सहयोगी पठाइने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार २ हजार पाँचसय र ५ जनाभन्दा बढी भए प्रतिसदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने छ ।

सरकारले आर्थिक वर्ष २०७०/७१ बाट पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।