१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


हत्या गरी फरार अभियुक्त दुई वर्षपछि पक्राउ


0
Shares

पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जिकिर गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरीचौकी, कैलालीको टोलीले दुई दिनअघि पक्राउ गरेको हो ।

बेहडाबाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई वि.सं. २०७१ असारमा उदासीपुरको जंगलमा मृत फेला पारिएको थियो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेस गरिएको छ ।

यसैगरी, आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का बालाराम बसुटेललाई अदालतको आदेशबमोजिम पुर्पक्षका लागि जिल्ला कारागार पठाइएको छ ।

गत मंसिरमा श्रीमती सरस्वतीलाई बालारामसहितले विष सेवन गराइ हत्या गरेको लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस