
त्यसमाथि वायु प्रदुषणले राजधानी उपत्यकालगायतका स्थानमा पीडितहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् ।
दिन–प्रतिदिन तापक्रम घट्दै जाँदा चिसोबाट प्रभावित रोगीहरुको संख्या पनि थपिँदै गएको छ ।
अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष स्वास–प्रश्वासका बिरामीको सख्या निकै बढेको चिकित्सकहरुले बताएका छन् ।
एकातर्फ बढ्दो चिसो र अर्कोतर्फ धूवाँ–धुलोको आँधी, जसका कारण ब्याक्टेरियाजन्य रोगहरुको प्रकोप बढेको पाइएको छ ।
रुघाखोकी, स्वास–प्रश्वास र दमको समस्या बढेको तथा चिसोबाट हुने झाडापखाला र निमोनियाका बिरामीको संख्या पनि बढेको चिकित्सकहरुले बताएका छन् ।
पूर्वी तथा उच्चमध्य पहाडी क्षेत्रमा भएको हिमपातका कारण पनि हाल देशैभरि चिसो बढ्दै गएको छ ।
मौसम परिवर्तन भएसँगै मानिसमा विभिन्न रोगहरु पनि बढ्दै जाने चिकित्सकहरुले बताए ।
त्यस्तै, चिसो मौसममा दमखोकीको औषधि सेवन गरिरहेका, फोक्सोको समस्या भएका मानिसहरुलाई झन् समस्या हुने हुँदा थप हेरविचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
हाल राजधानीको कान्तिबाल, त्रिवि शिक्षण, वीरलगायतका अस्पतालमा चिसोका कारण बिरामी भएर उपचार गर्न आएका बिरामीको संख्या निकै रहेको छ ।
साधारणतया रुघाखोकी लाग्यो भनी वास्ता नगर्ने प्रचलनका कारण विभिन्न समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्