
नेपाल नर्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ६७ हजारभन्दा बढी नर्सहरु आवद्ध रहेको नर्सिङ संघलाई समावेश नगरी समिति बनाउनु आपत्तिजनक रहेको बताएको हो ।
संघका उपाध्यक्ष अप्सरा पाण्डेले ‘स्वास्थ्यमन्त्री गगन थापालाई नर्सिङ क्षेत्रका समस्याहरु सुनाउँदै आएपनि समिति गठन गर्दा नै नर्सहरुको प्रतिनिधित्व छुटाएपछि आन्दोलित हुनुपरेको हो’–भनिन् ।
अहिले बनाइएको नर्सिङ सुधार समितिलाई खारेज गरी नर्सहरुको समस्या सम्बोधन हुने गरी सुधार समिति बनाउनुपर्ने माग पनि उनीहरुले राखेका छन् ।
नर्सहरुको श्रमशोषण, सुरक्षा, वृत्ति–विकास, रोजगारीको ग्यारेन्टीलगायतका विषयमा लामो समयदेखि आवाज उठाउँदै आएपनि सुनुवाइ नभएको गुनासो नर्सहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्