१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार


0
Shares

बुढाथोकीमाथि गएराति बाँकेको कोहलपुर बजारमा अज्ञात समूहको खुकुरी प्रहार गरी घाइते बनाएको हो ।

उनलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ । बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ ।

युवा संघले विज्ञप्ति जारी गरी खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।