८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु


0
Shares

-नरेन्द्रराज पौडेल

अलि दिन अघि विश्वहिन्दु महासंघको उद्घाटन समारोलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान शासकीय अव्यवस्था र नेतृत्वको अकर्मण्यताको खिल्ली उडाउँदै जनविद्रोहको ध्वाँस दिएका थिए । विरोधमा ङार्रङुर्र वक्तव्यबाजी भएपनि खासै त्यसको असर देखिएन । तर त्यसको एक महिनापछि अस्ति बुधवार मात्रै लामो विज्ञप्ति प्रकाशित गरेर न हाँस न कौवाको चालमा लर्खराइरहेको वर्तमान नेतृत्व पङ्क्तिलाई पेटका किरा मर्नेगरी मज्जैले ललकारे ।

पुर्खाको रगत पसिना र अदम्य साहसले आर्जन गरेको नेपाली माटो र सार्वभौमिकतालाई वर्तमान सत्ता र वरपर रहेका राजनीतिक पार्टीहरुले भोर्जुवाको दाउमा राखेर खेलबाडको वस्तु बनाएकोमा उनले आक्रोश पोखे । त्यतिमात्र होइन गणतन्त्रको नाउँमा धार्मिक र साम्प्रदायिक विषवमन गरेको र संघीयताको नाउँमा प्रादेशिक बखेडा खडा गरेर युगौदेखि नङमासु झैं मिलेर बसेका नेपलीका वीचमा अनावश्यक द्धन्द्ध र अनुत्पादक वैमनस्य चर्काउने काम भएको उनको निचोड थियो । वर्तमान नेतृत्व पङक्तिकै परावलम्बी र पराइमुखी बानीव्यहोरादेखि लाक पाएर दाउ हेरिबसेका विदेशीले आआप्mनो स्वार्थ अनुकूल हालहैकम कायम गर्न थलेका हुन । विदेशीकै स्वार्थ अनुकूल काम गर्ने अखडा बन्न दिएकाले पणिामतः देशकै अस्तित्व धरापमा परेको संकेतसमेत गरे पूर्वराजाले । यसको पुष्टि गर्दै वर्तमानको रजनीतिले मूल्यमान्यता उल्लङ्घन गर्दै स्वेच्छाचारिताको बाटो अपनाएको शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आएको दिनानुदिन राष्ट्यिता कम्जोर हुँदै गइरहेको नेपाली एकताको भावना र मर्ममाथि निर्मम प्रहार भइरहेको जस्ता मर्मस्पर्शी अभिव्यक्ति दिएका थिए उनले ।

वर्तमान नेपालको राजनीतिक परिप्रेक्षमा निषेधको राजनीति बढेको र यसले जनतामा निराशा र बढाएको र परिणामस्वरुप जनविद्रोहको अवस्थाको सिर्जना भएको पनि पहिले चेतावनी दिएका थिए । दलहरुबीचको लुछाचुँडी र भागबण्डाको खिचातानीले संविधान लावारिश बनेको पहाड तराइवीचको सद्भाव मेटिदै गएको र बाह्य हस्तक्षेपले देशलाई आत्म निर्णयविहीन कम्जोर अनि गन्तव्यहीन दिशामा अघि बढाउँदै गरेको यथार्थ तर कारुणिक चित्र प्रस्तुत गरे । अगिल्लो वक्तव्यमा त उनले नेपाल आज कुन अवस्थाबाट कुन अवस्थामा पुगेको छ भन्ने अर्को हास्यास्पद प्रश्नचिन्ह पनि थपेका थिए ।

यता राजाको वक्तव्य भुइमा न झर्दै एक एक पर्टी र नेताको मनमा प्रतिगमनको काँचो वायुले ढ्याङ्ग्रो ठोकेर आङमा भूत चडेको तमासा देख्न पाइयो । धामीका आङमा बन देउता चडेको अभिनय गर्दै क्याविनेट मिटिङ बसेर वनवासी पूर्वराजामाथि चौतर्फी निन्दा भत्र्सना गरियो । पूर्वराजालाई यसरी जथाभावी नबोल्न सचेत गराउने बहादुरीपूर्ण वक्तव्यहरु त मन्त्रीपिच्छेजसो न आएका होइनन । त्यसमाथि पूर्वराजाले नेताहरुको मनपरितन्त्रको धज्जी उडाएर बद्ख्वाँइँ गरेको बदलामा दर्वार हत्या काण्डको पुनः छानवीन गरेर दोषीउपर कार्वाही गर्ने ध्वाँससमेत सरकारका गृहमन्त्रीबाटै आयो । आपूm निरन्तर अधःपतनकोे बाटोमा झनझन तल गिर्दै गएका गणतन्त्रे काजीहरुको क्याविनेटले अफूउपर दागा धर्ने तत्वमाथि जाइलाग्ने काम पनि एक सासमै फत्ते गरीहाल्यो । नामर्दले सुधी जोइ कुटेर आत्मसन्तोष लिएको परपीडनवादी प्रवृत्तिको अलोकाँचो नमूना देशको क्यविनेटमै छ्याङ्गै देखियो । साँच्चै वनवासी पूर्वराजाले भरेभोली नै ठाउँको ठाउँ आफ्नो भाग खोस्न लागेको भूत सवार भएछ कि हाम्रा सत्ताधारी राजाहरुमा । यसै भूतले मनमा ढ्याग्रो ठोकेर नेता भनाउँदा अभिनेताहरु मूर्छनाको अवस्थामा वर्वराउन थालेका हुन त ? । सवाल सवल बन्दै आएको छ ।
आपूmलाई परिवर्तनका संवाहक र गणतन्त्रका महानायक संझिने नेताहरु अखिर राजाको एउटा वक्तव्यले यत्रोविधि किन हडबडाए ? अपूmसंग चाहिंदो जनाधार रहेको धाक लगाउने नेताहरु एकाएक किन लागछोडको बेथाले छोपेझैं होसै हराउने गरी असामान्यरुपमा अरण्य रोदनको भाका हालेर बर्बराउन पुगे ।

कुनै त्यागी तपस्वी सन्त नेताले यो चुनौती दिएको र यी प्रश्नहरु खडा गरेको भए शायद त्यसको अर्थ अर्कै लाग्ने थियो । तर एकपटक देशको सर्वेसर्वा निरंकुश तानाशाह बनीसकेका महत्वाकांक्षी तर समय अनुसार चल्न न जान्ने मन्दमतिका शासक रजा ज्ञानेन्द्रको घुर्की या मनको भँडास उति प्रभावशाली बन्न सक्तैन । छयालीस सालको परिवर्तनका संबाहक बनेका सम्पूर्ण राजनीतिक पार्टी र नागरिक समाजमाथि सत्तारुढ हुँदा उनी आफैंले निषेधको राजनीति गरेर देशको मूलधारबाट अलग्याउने चेष्टा गरेका थिए । पश्चिमा पूँजीवादीको समर्थन र मुठ्ठीभर अनुदारवदी दरर्वारियाको आडभरोसमा उनले आफ्नै श्री ५ को उपाधि र श्रीपेच सधै सुरक्षित रहेको दिवास्वप्न देखेका थिए । विश्वका तानाशाहहरु एकएक गरेर कहाँ पुगीसके भन्ने युगीन यथार्थको उनले ख्यालै गरेनन ।

आफ्नो पुर्खाको एकलौटी शासन सत्तालाई ज्ञानेन्द्रले बपौतीकोरुपमा स्वीकारेका थिए । आफुले राज्यसत्ताको सम्पूर्ण वागडोर हातमा लिएर सञ्चालन गर्दा के सबै राम्रा काम गरेका थिए त देशका लागि ? अरुलाई निषेधको राजनीति नगर्न अर्ति उपदेश दिने यी पूर्व राजाले आफूले के कस्तो खाले समावेशी राजनीति गरेका थिए त ? मुठ्ठीभर राष्ट्रवादको खोल ओडेका भ्रष्ट अपराधीहरु र सुरक्षा बलको भरमा एक्काइसौं शताब्दीको राज्यसत्ता चलाउने सपना देख्ने यी शासक कुनै मध्ययुगीन वर्वर शासकको प्रतिरुपमात्र थिए भन्ने नेपाली जनताले अनुभव गरीसकेको कुरा हो । देशका सम्पूर्ण राजनीतिक पार्टीलाई सैनिक बूटले कुल्चिएर निरंकुश शासन कायम गर्न उद्यत यी तानाशाहलाई पनि आज आएर यो मूल्यवान अर्तिउपदेशको दीव्य ज्ञान कसरी प्राप्त भयो भन्ने नेपाली जनतामा खुलदुली चलेको छ । अपञ्चजतिलाई अराष्ट्रिय तत्वको कित्तामा परिभाषित गर्ने राजा महेन्द्रले सुरु गरेको निषेधको राजनीतिको चरमरुप यिनैको पालमा देख्नु परेको थियो । आजै त्यो रुप बिर्सिएर नेपाली जनताले हाम्रो राजा हाम्रो देश भन्दै कर्नाल फुक्दै उनको पछि लाग्ने सपना देख्नु आफैमा विडम्बनाको चरम रुप हो ।

संसदीय व्यवस्थालाई गेरसंवैधानिक ढङ्गले अपांग बनाएर तत्कालीन राजा ज्ञानेन्द्रले लागू गरेको निरंकुश राजतन्त्रको ढाडमाथि हाल गणतन्त्र खडा भएको छ । यातायात सञ्चार स्वास्थ्य र सामाजिक सशक्तीकरण र लैंगिक तथा जनचेतनाको विकासले राजशाहीको पतनपछि कल्पनातीतरुपमा देशले फड्को मारेको छ । सञ्चार र यातायातको क्षेत्रमा हिमाल, पहाड तराई सम्पूर्ण क्षेत्र आवद्ध हुने चरणमा पुगेको छ,। उनले राजनीतिक दलबीचको खिचातानीको विषय उठाउनु पनि उत्तिकै हास्यास्पद लाग्दछ, ।

पञ्चायत जस्तो कुख्यात निर्दलीय व्यवस्था पनि पञ्च, अर्धपञ्च र अपञ्च भन्ने भेदभाव र गुटबन्दी रहेको देख्ने भोग्नेहरुको अझै कमी छैन । भूमिगत गिरोहदेखि पञ्च अर्धपञ्च सम्मको गुटबन्दीको नेतृत्व गर्दा स्वयं ज्ञानेन्द्र शाह भूमिगत गिरोहको नाइकेमा गनिएका थिए । राजदर्बारको आडमा देशका आर्थिक प्रतिष्ठान आयोजना , परियोजना र प्राधिकरणहरुमा पर्दाभित्रबाट आर्थिक चलखेल गर्नेदेखि उद्योग व्यवसाय, पर्यटन, चिया विकाससम्म त्यसै गिरोहको एकलौटी कब्जा रहेको थियो । पञ्चकालीन विकृत राजनीतिका खेलाडी अनि लेकतन्त्र मास्ने कीर्तिमानी कायम गरेर स्वेच्छाचरी शासनमा रमाइसकेका यी पूर्वराजाले जतिसुकै मनको भँडास पोखेपनि जनताले पत्याएर साथ दिने कुरामा विश्वास गर्ने आधारचाहिँ कतैपनि भेटिँदैन ।