१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ


0
Shares

पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध, नयाँबस्ती बस्दै आएका काभ्रे, महादेवस्थान–७ का बिनुबहादुर तिमल्सिना, भक्तपुर, कमलविनायक बस्दै आएका दोलखा, भीमेश्वर–५ का प्रकाश बस्नेत र कास्की, दाङसिङ–५ का भीमप्रसाद न्यौपाने रहेका छन् ।

उनीहरुलाई काठमाडौं र पोखराबाट पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । महाशाखाले विहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सर्वाजनिक गरेको हो ।

अभियुक्तहरुले जागिर लगाइदिने प्रलोभनमा विभिन्न व्यक्तिलाई भारत लगेर बेहोस बनाइ मिर्गौला निकाली बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा अभियुक्त तिमल्सिना र बस्नेतले मिर्गौलाका ग्राहक खोज्ने गरेको र न्यौपानेसँग मिलेर भारतमा जागिर लगाइदिने भन्दै काठमाडौं ल्याउने गरेको प्रहरी जनाएको छ ।

हालसम्म पाँचजनाभन्दा बढीको मिर्गौला निकालिसकेको प्रहरीले जनाएको छ ।

सात किलो सुनसहित पक्राउ
यसैबीच, अवैध सात किलो सुनसहित सिन्धुपाल्चोक, लिस्ती घर भइ काठमाडौंको ठूलोभर्‍याङ बस्ने कुन्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

केरुङ नाकाबाट धादिङको गल्छी हुँदै उनले सुन ल्याएको पनि प्रहरीले जनाएको छ ।