६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता


0
Shares

नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको टेलिकमले जनाएको हो ।

बोलपत्रमार्फत् छनोट भएको परामर्शदाता एनलाइसिस ‘म्यासन लिमिडेढ युके’सँग बुधबार उक्त सम्झौता भएको जनाइएको हो ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनलाइसिस म्यासनका तर्फबाट ‘पाटर्नर हेड–इन्डिया एन्ड साउथ एसिया’ रोहन धमिजाले हस्ताक्षर गरेको टेलिकमले जनाएको छ ।

उक्त संस्थाले नेपाल टेलिकमको ‘ड्यु डेलिजेन्स’ तथा शेयर विनिवेश गर्नेलगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ ।