९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


विरामी तथा कुरुवाप्रति नम्र बन्न स्वस्थ्यकर्मीलाई निर्देशन


0
Shares

मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ दफा (५२(६७) मा उल्लेख भएअनुसारको आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुबाट अशिष्ट, अभद्र र अफ्ट्यारो व्यवहार भईरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक, एप्रोन तथा परिचय पत्र लगाएर कार्य गर्न पनि निर्देशन दिएको छ ।

साथै संपूर्ण सरकारी अस्पतालहरुले टिकट काउन्टर अगाडी सबैले देख्ने गरी हरेक चिकित्सकहरुको सेवा दिने दिन र समय स्पष्ट रुपमा देखिने गरी राख्न पनि भनिएको छ ।

निर्देशन पालना नभएमा उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने निर्देशनमा उल्लेख छ ।