८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


डेल भेललाई मिस वल्र्डको ताज, अस्मी श्रेष्ठ रित्तै


0
Shares

 

अमेरिकाको बाल्टिमोरमा भएको प्रतियोगितामा विश्वका १ सय १६ देशका सुन्दरीलाई पछि पार्दै भेलले मिस वल्र्डको उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा डोमिनिकन रिपब्लिककी यरित्जा रामिरेज दोस्रो भइन भने ईन्डोनेसियाकी नातासा म्यान्युएलाले तेस्रो स्थान हात पार्न सफल भइन् ।

भेलले पहिलो पटक आफनो देश प्युटो रिकोलाई मिस वल्र्डको उपाधि दिलाएकी हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै बाल्टिमोर पुगेकी मिस नेपाल अस्मी श्रेष्ठले भने कुनै उपाधि दिलाउन सकिनन् ।