७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालका वैज्ञानिक शाक्यले गरे ३५ वाट विद्युत्बाट चल्ने कम्प्युटरको विकास


0
Shares

काठमाडौं, पुस ३ । कुनैपनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ । तर, नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युत्बाट चल्ने कम्प्युटरको विकास गरेका छन् ।

आइसीटी पत्रकार विकास मञ्चको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व वैज्ञानिक शाक्यले विकास गरेको उक्त कम्प्युटर प्रदर्शनमा राखिएको थियो ।

पाँच दशकदेखि कम्प्युटर क्षेत्रमा लागेका शाक्यले सो कार्यक्रममा सम्मान ग्रहण गर्दै भने–‘कालिकोटसहित देशका थुप्रै ठाउँमा झन्डै ६ हजार बिरामीलाई उक्त कम्प्युटर प्रयोगको माध्यमबाट उपचार गर्न सहयोग पुग्यो ।’

लोडसेड्किा कारण विद्युत् आपूर्ति अवरुद्ध हुनेगरेका कारण कम विद्युत् उपभोग गर्ने कम्प्युटर निर्माण गर्ने सोच बल्ल सफल भएको उनले बताए ।

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशमा कम्प्युटर सञ्जालमा हुने ‘ह्याकिङ’जस्ता समस्या बढेकाले समयमै नियन्त्रण गर्न नसके राज्यको नियन्त्रणभन्दा बाहिर जाने बताए ।

उनले कम्प्युटरको माध्यमबाट हुने अपराध नियन्त्रण गर्न कानुन बनाउन लागिएको पनि जानकारी दिए ।

सो अवसरमा उनले पर्यटन, कम्प्युटर, समाजसेवा, पत्रकारितालागयतका क्षेत्रमा योगदान पुर्‍याउने २४ जनालाई सम्मान गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, निर्देशक डिनेश डिसी, मञ्चका अध्यक्ष भरतराज उप्रेती तथा सचिव मोहन खतिवडालगायतले महोत्सवलाई सम्बोधन गरेका थिए । रासस