
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, पुस २ । नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने सामग्रीसहित प्रहरीले लमजुङबाट एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीले बेसीसहर नगरपालिका–४ गैरीका ३० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनको साथबाट ४४ हजार रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ ।
पक्राउ परेका युवाले नेपाली र भारतीय नक्कली नोट छाप्ने गरेको प्रहरीले आरोप लगाएको छ ।
प्रहरीले शुक्रबार दिउँसो लमजुङ महोत्सवको टिकट काउन्टरबाट श्रेष्ठलाई नक्कली नोटसहित पक्राउ गरेको थियो ।
त्यसपछि श्रेष्ठको घरबाट प्रहरीले प्रिन्ट गरेर बजारमा पठाउन लागिएका ४४ हजार नक्कली नोटसहित नोट बनाउन प्रयोग गरिएको कम्प्युटरसहितका सामग्री बरामद गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्