
प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज)
काठमाडौं, पुस १ । निजी अस्पतालहरुले गरिब, असाह्य तथा बेवारिसे बिरामीहरुलाई निःशुल्क उपचार गर्ने भएका छन् ।
सरकारले हालै लागू गरेको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नियमअनुसार निजी अस्पतालहरुले यस्तो सुविधा दिन लागेका हुन् ।
२०६१ सालमा नै निजी अस्पतालहरुले कुल शैय्याको १० प्रतिशत बिरामीलाई पूरै निःशुल्क उपचार गर्नुपर्ने निर्देशिका १३ वर्षपछि लागू हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयले २०६१ सालमा नै निजी अस्पाताहरुले कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नु निर्देशिका बनाएको थियो । तर, १३ वर्षसम्म कुनैपनि निजी अस्पतालले यो व्यवस्थाप्रति आँखा चिम्लिएका थिए ।
तर, अहिले स्वास्थ्यमन्त्री गगन थापाले निजी अस्पतालहरुले स्वास्थ्य मन्त्रालयसँग राखेको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सबै निजी अस्पताल उपचार विपन्न बिरामीहरुलाई उक्त व्यवस्था लागू गर्न सहमत भएका हुन् ।
यही पुस १ गतेबाट सम्पूर्ण सरकारी तथा निजी अस्पतालले अनिवार्यरुपमा कुल शैय्याको १० प्रतिशत गरिब, असहायका लागि छुट्टाइ निःशुल्क उपचार गर्ने भएका हुन् ।
सरकारी, निजी तथा सामुदायिक अस्पतालमा १० प्रतिशत शैय्या विपन्न, बेवारिसे, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई उपचार गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न परिपत्र गरिसकिएको छ ।
सरकारले सुशासन ऐन, २०६४ को दफा ४५ बमोजिम स्वास्थ्य संस्था स्थापना, सन्चालन तथा स्तरोन्नति मापदन्डसम्बन्धी निर्देशका २०७० बमोजिम सबै स्वास्थ्य संस्थाले कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्था गरेको हो ।
जसमा बिरामीले रोग लागेर उपचार गर्न नसकेको भनि गाविस, जिविस, जिल्ला जनस्वास्थ्य कार्यलयबाट सिफारिस लिएर आए भने निजी अस्पातालले सहजै निःशुल्क उपचार गर्ने जनाएका छन् ।
काठमाडौंको हकमा भने वीर अस्पतालको सिफारिस लिएर गएपनि निःशुल्क उपचार पाइने व्यवस्था छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्