१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


बन्चरो प्रहार गरी श्रीमतीको हत्या


0
Shares

दाङ, मंसिर ३० । दाङको गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

घोराही नगरपालिका–६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको विहीबार घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस