१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डेढ किलो चरेससहित युवक पक्राउ


0
Shares

धादिङ, मंसिर ३० । धादिङ प्रहरीले विभिन्न स्थानबाट लागुऔषध चरेस र सुनको गरगहनासहित दुईजनालाई पक्राउ गरेको छ ।

त्रिभुवन राजपथ हुँदै विहीबार काठमाडौं जाँदै गरेका पोखरा उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय राजीव गुरुङको साथबाट एक किलो ५ सय ग्राम चरेस बरामद गरिएको हो ।

यस्तै, विहीबारै धादिङ, बैरेनीका भुवन खतिवडालाई ११ थान सुनका गहनासहित प्रहरीले पक्राउ गरेको छ ।