६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


किष्ट कलेजद्वारा विज्ञान–प्रविधि प्रदर्शनी


0
Shares

काठमाडौं, मंसिर २५ । काठमाडौंको कमलपोखरीस्थित किष्ट कलेजले शनिबार विज्ञान र प्रविधिसम्बन्धी प्रदर्शनीको आयोजना गरेको छ ।

करिव ६० ओटा स्टल राखेर गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले आ–आफ्नो क्षमताको प्रदर्शन गरेका थिए । उनीहरुले व्यावहारिक जीवनमा विज्ञानको महत्व र आवश्यकताबारे प्रकाश पारे ।

कार्यक्रममा किष्ट कलेजका कार्यकारी निर्देशक इन्द्रप्रसाद सुवेदीले सैद्धान्तिक शिक्षामा नेपाल निकै अगाडि रहे पनि व्यावहारिक शिक्षामा भने निकै पछि परेको बताए ।

उनले शिक्षालाई व्यावहारिकतातर्फ लैजान सकेमात्र राष्ट्रको प्रगति सम्भव रहने बताए ।

कार्यक्रममा प्रा.डा. जीवराज पोखरेलले वर्तमान युगमा विज्ञानको महत्वबारे चर्चा गरेका थिए ।