
काठमाडौं, मंसिर २४ । साहित्यकार तथा समाजसेवी प्रेमनारायण प्रेमीद्धारा लिखित नाटकसंग्रह ‘रगत, पसिना र आँसु’को शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।
साहसी जमात ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा सन्चारमन्त्री सुरेन्द्र कार्कीले नाटकसंग्रह विमोचन गरेका हुन् ।
मानिसको जीवनमा आइपर्ने समस्या, भोगाइ, संर्घष र पारिवारिक सम्बन्धलगायतका विषयलाई समावेश गरेर नाटकसंग्रह तयार गरिएको हो । जसमा १२ ओटा नाटकहरु समावेश छन् ।
प्रतिक्रिया दिनुहोस्