
काठमाडौं, मंसिर २४ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीले सिन्धुपाल्चोकका मुटु रोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ ।
नेपाल जाइका अलमनाई एसोसियसन (जान) ले सिन्धुपाल्चोकको चौतारामा गरेको मुटुरोगसम्बन्धी एक दिने स्वास्थ्य शिविरमा चिकित्सकहरुको टोलीले मुटु रोगीहरुको उपचार गरेको हो ।
स्वास्थ्य शिविरमा करिब तीन सयजना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।
स्वास्थ्य शिविर सञ्चालनका लागि मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज र नेपाल रोटरी योनेयामा स्कलर्स अलमनाईको समेत सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्