
राजविराज, मंसिर २२ । अस्पतालको सेवा–सुविधामा सुधारको माग गर्दै अनशन बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीको मागप्रति समर्थन जनाउँदै बुधबार पनि विद्यार्थीहरुले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा १५ दिनदेखि अनशन बसेका तिवारीको माग पूरा गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले बिहानै ब्यानर र प्लेकार्डसहित नगरका विभिन्न भागको परिक्रमा गरी तिवारीको समर्थनमा नारा लगाएका थिए ।
मंसिर ८ गतेदेखि अनशनमा बसेका तिवारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्