१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गर्भवती महिलाको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड


0
Shares

राजु चौधरी (इमेज)
चितवन, मंसिर २२ । गर्भवती महिलाको ज्यान गएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको छ ।

बुधबार दिउँसो आक्रोशित भीडले अस्पतालको मुख्य गेटको सिसा तोडफोड गरेको अस्पतालले जनाएको छ । भीड नियन्त्रणमा खटिएका तीनजना प्रहरी पनि घाइते भएका जनाइएको छ ।

सुत्केरी व्यथा लागेकी भरतपुर उपमहानगरपालिका कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको मृत्यु भएपछि उनका आफन्तले विरोध गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि सुनितालाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकको लापरबाहीले सुनिताको मृत्यु भएको उनका आफन्तहरुको आरोप छ ।