
म्याग्दी, मंसिर २० । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाको लागि सीसीटीभीबाट निगरानी थालिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको पहलमा १५ लाख रुपैयाँ लगाएर बेनी बजारका विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गर्न सुरु गरिएको हो ।
बजारको निगरानी गर्न १६ स्थानमा सीसीटीभी राखिने छ । ८ वटा राखिइसकिएको छ भने बाँकी ८ ठाउँमा पनि चाँडै जडान गर्ने तयारी भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए ।
आपराधिक क्रियाकलाप न्यून गर्न सहज होस् भन्ने उद्देश्यले कालिपुल, क्याम्पसचोक, न्यूरोड, बालमन्दिर, सहिद स्मृति र संगमचोक क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकिएको छ ।
मूख्य बजारका अरु क्षेत्रका चोकमा जडान गर्ने तयारी भइरहेको र क्यामेरा जडित ठाउँमा परीक्षणका रुपमा मनिटरमार्फत निगरानी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्