८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अँध्यारोमै जिउन चाहने प्रेमीको मार्मिक कथा(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, मंसिर २० । ‘अँध्यारोमै जिउन चाहन्छु, सारा खुशी तिमीलाई दिई’ बोलको गीत आफैंमा मार्मिक छ । त्यो भन्दा पनि एउटी प्रेमिकाले प्रेमीको मर्म बुझ्न नसक्दाको क्षण साँच्चै पीडादायी छ ।

गायक तथा संकलक राजु देउलाको नयाँ गीत ‘अँध्यारोमै जिउन चाहान्छु’बोलको गीतको म्यूजिक भिडियोले त्यस्ता धेरै प्रेमीहरुको मन छुने बनाइदिएको छ ।

विक्रम थापाको संगीत रहेको उक्त गीतको भिडियोमा राजेश शर्मा, अनिता र दिपेनको अभिनयले धेरै दर्शकलाई भावुक बनाउँछ ।

अनामनगरमा सामान्य व्यावसाय चलाएर बसेका राजेश शर्माले गीतमा एक घाइते प्रेमीको भूमिका निर्वाह गरेका छन् भने उनलाई दिपेन र अनिताले साथ दिएका छन् ।

राजेशको अभिनयमा देखिएको बैशाखी टेकेर हिंडदाको दृश्य र खल्ती रित्तो हुँदाको क्षणले निकै भावुक तुल्याउँछ ।

यादव पुडासैनीले निर्देशन गरेको म्यूजिक भिडियोमा सुरेश बज्राचार्यको सिनेमेट्रो ग्राफिक्स रहेको छ भने दृष्य सम्पादन नविन निरौलाले गरेका छन् ।