
बिराज रोस्यारा (इमेज)
कैलाली, असार २३ । प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर जनताको आवश्यकतानुसारको योजना बनाउनुपर्ने बताएका छन् ।
शनिबार धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभा समापन कार्यक्रममा बोल्दै उनले कतिपय स्थानीय सरकारमा अधिकार र क्षमताको अन्तरविरोध देखिरहेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
अधिकार र क्षमताबीच सन्तुलन मिलेन भने दुरुपयोग हुनसक्ने बताउँदै उनले त्यसतर्फ स्थानीय सरकार सजग हुनुपर्नेमा जोड दिए ।
उनले अधिकार घर–घरमा पुर्याउनु संविधानको मर्म रहेको उल्लेख गर्दै एक वर्षमा संविधानको मर्मअनुसार गरेका कामहरुको समीक्षा गर्न आवश्यक रहेको औंल्याए ।
मुख्यमन्त्री भट्टले जनतालाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताए ।
एक वर्षको अवधिमा जनताले विकासको महसुस गर्न पाए/नपाएको विचार गर्नुपर्ने उल्लेख गर्दै त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकार एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्