
काठमाडौं, मंसिर १८ । चिकित्साशास्त्र अध्ययन संस्थान आईएओएमको नयाँ डिनमा डा.जगदिश अग्रवाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आजैका मितिदेखि लागू हुनेगरी आइओएमको डिनमा अग्रवाललाई नियुक्त गरेको हो ।
उनी वरिष्ठतम् प्राध्यापक छन् । न्यूरोलोजिस्ट अग्रवाल मेडिकल शिक्षामा विज्ञको रुपमा गनिन्छन् ।
यसअघि वरिष्ठता मिचेर डिन बनाइएपछि डा. गोविन्द केसी २१ दिनदेखि अनसनमा बसेका थिए ।
डिन नियुक्तिसँगै अन्य मागमासमेत सहमति नजिक भएकाले डा. केसीको अनसन पनि आजै तोडिने भएको छ ।
डा. केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डिन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्