९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


डीन डा. केपी सिंहद्वारा पदबाट राजीनामा


0
Shares

काठमाडौं, मंसिर १७ । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन केपी सिंहले पदबाट राजीनामा दिएका छन् ।

प्रा.डा. गोविन्द केसीको अनशनको २०औं दिन शुक्रबार डीन सिंहले राजीनामा दिएका हुन् ।

त्रिभुवन विश्वविद्याायले वरिष्ठता मिचेर डा. सिंहलाई ‘आइओएम’को डीन नियुक्त गरेको भन्दै डा. केसी २० दिनदेखि अनशनमा बसिरहेका छन् ।

‘डा. केसीको स्वास्थ्यभन्दा आफ्नो पद ठूलो नभएको’ भन्दै डा. सिंहले शुक्रबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियासामु राजीनामा दिएका हुन् ।

डा. केसीले त्रिविका उपकुलपति खनियाँको पनि राजीनामा मागेका छन् ।