९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चियाको रकम संकलन गरी दुर्गम क्षेत्रमा निःशुल्क आँखा शिविर


0
Shares

ओखलढुंगा, मंसिर १७ । ‘आँखा बचाउ जीवन बचाउ’ भन्ने आह्वानकासाथ युवा नेत्र सेवा र क्युइतबु कल्याण कोष रगनीले संयुक्त रुपमा ओखल्ढुंगाको फिजी फलातेमा तीनदिने निःशुल्क आँखा तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेका छन् ।

शिविरमा करिव ६ सय जनाले आँखा जाँच गराएका थिए भने एक सय जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको थियो ।

स्वास्थ्यमन्त्री गगन थापासमेतको सहभागीतामा आँखा शिविर गरिएको हो । शिविरमा स्वास्थ्यमन्त्री थापाले दुर्गम जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै संस्थाको प्रशंसा गरे ।

युवा नेत्र सेवाका तीन सय सदस्यले आफ्नो एक कप चियाको रकम संकलन गरी शिविर सञ्चालन गरेको युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी दिए ।