९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


१७ वर्षदेखि ओछ्यानमा, रामबहादुरको परिवारलाई नै दशा ! (भिडियो रिपोर्ट)


0
Shares

कविराज घिमिरे (इमेज)
धनकुटा, मंसिर १५ । सरकारले नेता तथा पहुँचदारहरुको उपचारका लागि वर्षेनि लाखौं रुपैयाँ खर्चने गरेको छ ।

तर, पहुँच नपुग्ने दुरदराजका जनता भने उपचार खर्च अभावकै कारण ओछ्यानमै थलिन बाध्य छन् । कतिपय आफ्नो पीडा लुकाएर बस्न बाध्य छन् ।

धनकुटाको अर्खौलेजितपुर गाउँ विकास समिति वडा नम्बर–४ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ उपचार खर्च अभावका कारण १७ वर्षदेखि ओछ्यानमै थलिएर बस्न बाध्य छन् ।

आफ्नै घरको कौसीबाट लडेर अपांग भएका रामबहादुरको दुबै हात–खुट्टा चल्दैनन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४२ दिन बसेर उपचार गर्दा ३ लाख रुपैयाँ ऋण लाग्यो । तर, उनको शारीरिक अवस्थामा भने कुनै सुधार आएन ।

उपचारका लागि थप पैसा जुटाउन नसकेपछि उनी घर फर्किएका थिए । भएको घरपनि गत वर्षको भूकम्पले भत्काएपछि उनी गोठलाई नै बासस्थानकोरुपमा प्रयोग गर्दै आएका छन् ।

सरकारकै खर्चमा नेता तथा पहुँचदारहरु विदेश उपचारका लागि जाने गरेको समाचार उनी थलिएरै सुन्न बाध्य छन् ।

पहुँचवालालेजस्तै आफूहरुले पनि उपचार खर्च पाए यसरी थलिएर बस्नुपर्ने अवस्था नआउने रामबहादुर श्रेष्ठ बताउँछन् ।

रामबहादुर श्रेष्ठसहित उनका परिवारका तीन सदस्यको अवस्था पनि उस्तै छ । उनका कान्छा छोरा हरि श्रेष्ठ पनि खुट्टा सुनिने रोगका बिरामी छन् ।

जिल्ला अस्पताल धनकुटामा उपचारको लागि गएपनि कुनै रोग देखाएन । आर्थिक अभावकै कारण छोराको उपचार गर्न नसकिएको रामबहादुरकी श्रीमती कमलादेवीको गुनासो छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्