९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


डा. केसीका माग बारेमा मन्त्रीपरिषदमा कुरा राख्छु : मन्त्री थापा


0
Shares

काठमाडौँ, मङ्सिर १३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. केपी सिहसँग छुट्टा-छुट्टै छलफल गरेका छन् ।

भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थामा जानकारी लिई समस्या समाधानका लागि आफुले उच्च स्तरीय राजनीतिक तहमा कुरा राख्ने बताउनुभएको उनका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

आज बेलुका पाँच बजे बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा उठाउने पनि मन्त्री थापाले डा. केसीलाई आश्वासन दिए । समस्या तत्काल समाधानका लागि आफुले सक्दो पहल गरिरहेको बताए । केही कुरामा लचकताका साथ प्रस्तुत हुन आग्रह गरे ।